सन्दीप बने विश्वकै सर्वाधिक विकेट लिने स्पिनर

Share this
739shares

काठमाडौं, चैत १९
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै सन्दीपले यो किर्तीमानी कायम गरेका हुन् ।

Advertisement

सन्दीपले जनवरीयता खेलेका सबै खेलमा गरेर २७ विकेट लिएका छन् । बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेलेको खेलमा सन्दीपले चार विकेट लिएका थिए । त्यस्तै यूएईसँगको तीन टि–२० सिरिजमा उनी पाँच विकेट लिन सफल भएका थिए ।युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्न गएका सन्दीपले ४ विकेट लिएका थिए ।

पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आइपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपले २७ विकेट पुगाउदै यो कृतिमानी कायम गरेको हो ।सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् । जारी आईपीएलमा दिल्लीबाट दुई खेल खेलिसकेका सन्दीपले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

Advertisement

उनले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top