ओरेकको समन्वयमा १ सय ८ जनालाई रोजगारी

१९ चैत ७५, मंगलबार
Share this
767shares

विराटनगर, चैत १९
महिला पूनसर््थापना केन्द्र ओरेकले २८ औं वार्षिकोत्सवको अवसरमा संस्थाले गरेको गतिविधिका बारेमा जानकारी गराएको छ । मंगलबार विराटनगरमा छलफल कार्यक्रमको आयोजना गरी ओरेकले गरेका काम र भावी रणनीतिका बारेमा संस्थाका मोरङ प्रमुख दिपक सेन्चुरीले जानकारी गराएका हुन् ।

Advertisement

उनले ओरेक नेपालको सहजीकरणमा १ सय ८ जनालाई रोजगारीमा संलग्न गराएको, १ सय १३ जनालाई विभिन्न संस्थाको समन्वयमा सीपमूलक तालिम प्रदान गरेको विभिन्न हिंसामा परेका किशोरी तथा महिलाहरुलाई सुरक्षा आवास गृहमा राखी मनोविमर्श तथा कानुनी उपचार सहयोगपश्चात पुनःस्थापना गराएको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका उपाध्यक्ष प्रकाश साहले अहिले पनि बालविवाह, बलत्कार, हत्या, हिंसामा कमी नआएकाले सचेतनाका कार्यक्रमका साथै सरकारी तथा गैसरकारी निकाय एकै ठाउँमा उभिएर पैरवी गर्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top