नेपालले कतारलाई पानी बिक्री गर्ने

काठमाडौं : खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो ।

Advertisement

मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङवाटर निर्यात गर्ने विषयमा मेरो ध्यान केन्द्रित छ,’ उनले भनिन्, ‘कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो ।’

स्प्रिङवाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिबीच थप छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो । मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशनसमेत दिइन् । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top