प्रदेश १ का अन्डर सिक्सटीन क्रिकेट खेलाडीको विदाई

१९ चैत ७५, बुधबार

विराटनगर, चैत २०
काठमाडौमा मंगलबारदेखि सुरु भएको अन्डर सिक्सटीन क्रिकेट प्रतियोगितामा सहभागि हुने प्रदेश एकका खेलाडीहरुलाई बिदाइ गरिएको छ । मदन भण्डारी स्पोर्टस एकेडमी प्रदेश एकले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा सहभागि हुने १४ खेलाडीसहितको टिमलाई बिदाई गरेको छ ।

स्थानीय शहीद रंगशालामा आयोजित कार्यक्रमकाबीच एकेडमीसहित क्षेत्रीय र मोरङ खेलकुद विकास समितिका पदाधिकारीहरुले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । मदन भण्डारी स्पोर्टस एकेडमी प्रदेश एकका अध्यक्ष सागर थापा, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटी, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोर अमात्य र राष्ट्रिय खेलकुद परिषदका पुर्व बोर्ड सदस्य किरण गिरी लगायतले प्रतियोगितामा सहभागि हुने खेलाडीलाई फुलमाला लगाइदिएर बिदाई गरेका हुन्।

Advertisement

प्रदेश एकबाट गएको टिममा टिम प्रशिक्षक राजेश पोखरेल सहित अनुज रेग्मी र सुभाष सिग्देल छन । यस्तै टिममा कप्तानका रुपमा दिपेश कंडेल र खेलाडीहरु साकिब अन्सारी,सन्जीव कार्की,रुपेश बराल,बिपीन महतो,समिर तिम्सिना,निशान्त महतो,अंकित श्रेष्ठ,अभिषेक बराल,अमुल खतिवडा,सुमन सुन्दास,भवेश मगर,अमित रोय र श्रवण किस्कु छन् ।

चैत २५ गतेसम्म काठमाडौमा संचालन हुने प्रतियोगितामा सातै प्रदेशका अन्डर सिक्सटिन टिमको सहभागिता हुनेछ । प्रतियोगिताबाट छनौट भएका उत्कृष्ट खेलाडीलाई समेटेर अन्डर सिक्सटीन राष्ट्रिय टीम निर्माण हुने जनाइएको छ । मदन भण्डारी स्पोर्टस एकेडमीको ब्यवस्थापनमा यूवा तथा खेलकुद मन्त्रालयले प्रतियोगिताको आयोजना गरेको हो । प्रदेश एकले बिहीबार बिहान ८ बजे किर्तिपुर खेल मैदानमा प्रदेश २ संग खेल्ने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top