×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

आईपीएल : दिल्लीलाई हराउँदै हैदरावाद शीर्षस्थानमा,सन्दीपको औसत प्रदर्शन

२२ चैत्र २०७५

एजेन्सी, चैत २२
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावाद अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।यो सँगै हैदरावादले तेस्रो जित हात पारेको छ ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा १ सय ३० रनको लक्ष्य पछ्याएको हैदरावादले ९ बल अगाडी ५ विकेट गुमाउँदै पुरा गर्यो । हैदरावादको जितमा ओपनर जोनी बेयरस्टोले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ४८ रनमा आउट भए । विजय शंकर १६ तथा डेविड वार्नर, मनिष पान्डे र दिपक हुड्डाले समान १० रन जोडे । मोहम्मद नाबी १७ र युसुफ पठान ९ रनमा अविजित रहे ।

Advertisement
Advertisement

दिल्लीका लागि सन्दीप लामिछाने, अक्षर पटेल, ईशान्त शर्मा, कागीसो रबाडा र राहुल टेवाटियाले समान १ विकेट लिए । सन्दीपले ४ ओभरमा ३२ रन खर्चेका थिए ।टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।

ओपनर पृथ्वी शालाई तेस्रो ओभरको दोस्रो बलमा भुवनेश्वर कुमारले ११ रनमा बोल्ड आउट गरे । अर्का ओपनर शिखर धवनलाई छैटौं ओभरको अन्तिम बलमा मोहम्मोद नाबीले १२ रनमा सन्दीप शर्माबाट क्याच आउट गराए । १० औं ओभरको पहिलो बलमा नाबीले ऋषभ पन्तलाई ५ रनमा क्याच आउट गराएपछि दिल्ली दवावमा परेको थियो ।

दिल्लीको एकतर्फबाट निरन्तर विकेट गुम्दा अर्को तफबाट रन जोड्न खोजि रहेका कप्तान ऐरलाई १७ ओभरको पहिलो बलमा राशिद खानले बोल्ड आउट गरेपछि दिल्ली सस्तैमा समेटिएको हो । दिल्लीका अन्य क्रिस मोरिस १७, कोलिन इनग्राम र राहुल तेवतिया समान ५,कागीसो रबाडा ३ रनमा आउट हुँदा अक्षर पेटल २३ रनमा अविजित रहे ।

हैदरावादका मोहम्मद नाबीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार र सिद्धार्थ कौलले २ तथा राशिद खान र सन्दीप शर्माले समान १÷१ विकेट लिए ।
यो सँगै हैदरावाद ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ ।

सन्दीपको ४ ओभर यस्तो रह्यो ः

सन्दीपलाई दिल्लीले पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल डट गराएका सन्दीपले चौथो बलमा १ रन दिए । पाँचौ बलमा जोनी बेयरस्टोले सन्दीपलाई चौका प्रहार गर्दै खाता खोले । अन्तिम बलमा १ रन खर्चिए ।

तेस्रो ओभरमा सन्दीपले १३ रन खर्चिए । बेयरस्टोले सन्दीपलाई पहिलो ओभरमा छक्का,दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा १ रन लिदै स्ट्राइक वार्नरलाई दिए । वार्नरले चौथो बलमा २ र पाँचौ बलमा एलवी डब्लू आउटको अपिल गरे पनि त्यो सफल हुन सकेन । अन्तिम बल पनि सन्दीपले डट गराए ।

Advertisement

९ औं ओभरमा सन्दीपले ५ रन मात्र खर्चिए । पहिलो र दोस्रो बलमा विजय शंकरलाई डट गराएका सन्दीपले तेस्रो बलमा दुई रन खर्चिए । चौथो बलमा शंकले १ रन लिए । पाँचौ बलमा मनिष पान्डेलाई डट गराउँदा अन्तिम बलमा दुई रन खर्चिए ।सन्दीपले १६ औं ओभरमा ८ रन खर्चिएर १ विकेट लिए । यस ओभरको तेस्रो बलमा युसुफ पठानले चौका प्रहार गरेका थिए । अन्तिम बलमा दिपक हुड्डालाई कागीसो रबडाबाट १० रनमा क्याच आउट गराए ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top