मोरङमा बंशजको नागरिकता लिनेको भिड थामि नसक्नु

२१ चैत ७५, शुक्रबार

विराटनगर, चैत २२
सरकारले अंगीकृतका सन्तानलाई बंशजको नागरिकता वितरण सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड बढेको छ ।

बुधबारबाट नागरिकता वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार मात्रै १ सय ३८ जनालाई वंशजको नागरिकता वितरण गरेको छ ।

गृहमन्त्रालयले परिपत्र गरेलगत्तै पहिलो पटक मोरङबाट बुधबार इशा चौधरी अग्रवालले वंशजको नागरिकता प्राप्त गरेकी थिइन् । यस्तै बिहीबार प्रक्रियामा गएका ६० जनाभन्दा बढीले शुक्रबार नागरिकता पाएका छन् ।

Advertisement

नागरिकता लिनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले सामान्य दिनमा नागरिकता सिफारिसका लागि एक जना प्रशासकिय अधिकृत खटाइएको भएपनि अहिले दुई जनालाई सिफारिसमा र सात जना सहयोगी नागरिकता फाँटमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद पाण्डेले बताए ।

लामोसमयदेखि नागरिकता वितरण रोकिदा युवाहरुलाई उच्च शिक्षा तथा सामान्य रोजगारी गर्न समेत समस्या हुँदै आएको थियो । नागरिकता ऐन संसदमा विचाराधीन अवस्थामा रहेकै बेला गृहले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top