२४ हजार तलब हुने सुब्बाले भ्रष्टाचारबाटै कमाए आधा अर्ब

काठमाडौं : नायब सुब्बा निजामती सेवामा सानै पद मानिन्छ। यिनको तलब २४ हजार ५०० मात्रै छ। तर, अकुत सम्पत्ति र आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन्।

ठूलाठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ। यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल (सुब्बा) करोडौँको भ्रष्टाचार मुद्दा खेपिरहेका छन्।

लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २८ लाखको बिगो दाबीसहित अख्तियारले मुद्दा चलाएको छ ।लेखापाल देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख भ्रष्टाचार अभियोग छ। तीनै जनको मुद्दा अदालतमा विचाराधीन छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top