आईपीएल : पन्जाबलाई हराउँदै चेन्नई शीर्षस्थानमा

२३ चैत ७५, आइतबार

एजेन्सी, चैत २३
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नई सुपर किंग्स अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । शनिवार बेलुका चेन्नईको घरेलु मैदानमा सम्पन्न खेलमा किंग्स इलाभेन पन्जावलाई २२ रनले हराउदै चेन्नई शिर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईले प्रस्तुत गरेको १ सय ६१ रनको मध्यम लक्ष्य पछ्पाएको पन्जाव निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन बनाउन सक्यो । पन्जाबका लागि सरफराज खानले ६७ रनको उत्कृष्ट इनिङ्स खेलेपनि अन्य खेलाडीको साथ नपाउदा पन्जाव पराजित हुन पुगेको हो । खानले ५९ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर केएल राहुल ४७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५५ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । चेन्नईको जितमा हरभजन सिंह र स्कर्ट कुग्गेलेजइनले समान २ तथा दिपक चाहारले १ विकेट लिए ।

Advertisement

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १सय ६० रन बनाएको थियो । चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले ३८ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ५४,शेनवाटशन २६,सुरेश रैना १७ रनमा आउट भए ।

Advertisement

कप्तान महेन्द्रसिंह धोनी २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा अविजित रहे। आम्बाती रायडूले १५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २१ रनमा नट आउट रहे । धोनीले १९ औं ओभरमा साम करनलाई १ छक्का र २ चौका सहित १९ रन बटुल्न सफल भएका थिए । पन्जावका लागि कप्तान रविचन्द्र आश्विनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

यो जितसँगै चेन्नई ५ खेलमा ४ मा जित र १ मा हारका साथ शिर्ष स्थानमा उक्लिएको छ भने ५ खेलमा ३ मा जित र २ मा हारका साथ पन्जाव चौथो स्थानमा पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top