वर्षदिनमा १२ प्रतिशत मात्र काम

२ माघ ७४, बुधबार

संखुवासभा, माघ ३
संखुवासभाको खाँदबारी नगरपालिका –४ भ्याङ खोला–तम्बे सडक खण्डको निर्माण कार्य एक वर्षको अवधीमा १२ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

करीब १२ करोड ६७ लाख २७ हजारको लगानीमा १५ किलोमिटर ग्राभेल गर्नुपर्नेमा हाल १२ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।

उन्नति परियोजनाको लगानीमा निर्माण थालिएको भ्याङ खोला–याफुडाँडा–तम्बे सडक खण्डको निर्माण कार्य सुस्त गतिमाा भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

Advertisement

निर्माण कार्य सन्तोषजनक नभएको भन्दै केही दिन अघि सडकको अनुगमनमा उन्नति परियोजनाका वरिष्ठ पूर्वाधार विज्ञ सम्भु यादव, कार्यान्वयन संस्था जिल्ला प्राविधिक कार्यालय संखुवासभाका प्रमुख इन्जिनियर रमेशकुमार श्रेष्ठ सहितको टोली अनुगमनका लागि सडक खण्डमा पुगेको थियो ।

चैत पहिलो हप्ता निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म १२ प्रतिशत मात्र काम सम्पन्न भएको प्रमुख इन्जिनियर श्रेष्ठको भनाइ छ । १५ महिनामा काम सम्पन्न गर्नुपर्नेमा प्रगति भने न्यून रहेको प्रमुख इन्जिनियर श्रेष्ठले बताए । समयका काम सम्पन्न गराउन जनशक्ति तथा उपकरण थप्नुपर्ने उनको भनाइ छ ।

निर्माण व्यवसायी सन्तोषकुमार राईले समयमा पर्याप्त इन्धन नपाएकोले काममा ढिलाइ भएको बताए । त्यस्तै, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको कारणले पनि निर्माण कार्यले गति लिन नसकेको राईको दावी छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top