आईपीएल : जोसेफको कीर्तिमानी बलिङमा मुम्बईको रोमान्चक जित

एजेन्सी, चैत २४
जारी आईपीएल अन्तर्गत शनिबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले कीर्तिमानी बलिङ गरेपछि मुम्बई इन्डीयन्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आईपीएलमा डेब्यु गरिरहेका जोसेफले इतिहासमै कीर्तिमानी बलिङ गरेपछि मुम्बई इन्डीयन्सले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गरेको हो । जोसेफले ६ विकेट लिए ।

हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा मुम्बईले प्रस्तुत गरेको १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको सनराइजर्स हैदरावाद जोशेफको अविश्वसिनय बलिङसँगै १७.४ ओभरमा अल आउट हुँदै ९६ रनमा समेटियो । चौथो ओभरको चौथो बलमा युवा स्पिनर राहुल चाहारले जोनी बेयस्टोलाई १६ रनमा जसप्रित बुमराहबाट क्याच आउट गराउदै ओपनिङ साझेदारी तोडेका थिए ।

पाँचौ ओभरको पहिलो बलमै अल्जारी जोशेफले डेविड वार्नरलाई १५ रनमा बोल्ड आउट गरे । सातौं ओभरको पाँचौ बलमा जोशेफले विजय शंकरलाई ५ रनमा क्याच आउट गराए । मनिष पान्डे १६ र युसुफ पठान डक आउट भएपनि हैदरावादको जित कठिन बन्न पुगेको थियो ।

Advertisement

१६ औं ओभरको पाँचौ बलमा दिपक हुड्लाई जोशेफले २० रनमा बोल्ड आउट गरे । लगतै आफै अर्को बलमा राशिद खानको क्याच लिँदै शून्यमा पेभेलियन फर्काए । १८ औं ओभरको पहिलो बलमा कप्तान भुवनेश्वर कुमारलाई बोल्ड आउट गर्दै जोसेफले डेब्यूमै ५ विकेट पुरा गरे । तीन बलपछि सिद्दार्थ कौललाई आउट गर्दै उनले कीर्तिमानी ६ विकेट लिए ।आईपीएलमा डेब्यूमै ६ विकेट लिने उनी पहिलो बलर हुन् ।

Advertisement

जोशेफले समग्रमा ३.४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिए । यो नै आईपीएल इतिहासमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन हो । उनीसँगै राहुल चाहार २ तथा जसप्रित बुमराह र जोशन बेहरनडोफले समान १–१ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनायो । मुम्बईका लागि काइरान पोलार्डले अन्तिम दुई ओभरमा विश्फोटक ब्याटिङ गर्दै सम्मानजनक योगफल सम्म पुयाए । पोलार्डले १९ औं ओभरमा सिद्धार्थ कौललाई ३ छक्का सहित २० रन जोडेका थिए ।
अन्तिम ओभरमा भुवनेश्वर कुमारलाई पोलार्डले २ चौका र १ छक्का सहित १९ रन जोपछि मुम्बई सस्तैमा समेटिनबाट बचेको हो । विष्फोटक ब्याटिङ गरेका पोलार्ड २६ बलमा २ चौका र४ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे ।

खराब सूरुवात गरेको मुम्बईका कप्तान रोहित शर्मा ११, क्विन्टन डी कक १९,सुर्य कुमार यादव ७,इशान किशन १७ र कूनाल पान्ड्या ६ र हार्दिक पान्ड्या १४ रनमा आउट भएपछि मुम्बई १६।३ ओभरमा ८६(६ को कमजोर अवस्थामा पुगेको थियो ।चौथो ओभरको चौथो बलमा रोहितलाई मोहम्मद नाबीले दिपक हुड्डाबाट क्याच आउट गराए । पाँचौ ओभरको अन्तिम बलमा सुर्यकुमार यादवलाई सन्दीप शर्माले एलवी डब्लू आउट गरे । त्यस्तै ९ औं ओभरको दोस्रो बलमा सिद्धार्थ कौलले क्विन्टन डीककलाई हुड्डाबाटै क्याच आउट गराएका थिए ।

मुम्बईका ब्याट्सम्यानको गैरजिम्मेवारी ब्याटिङ यतिकैमा रोकिएन । कौललेनै विकेटकीपर जोनी बेयरस्टोबाट १२ ओभरको चौथो बलमा क्रुनाल र १३ ओभरको पाँचौ बलमा किशन रन आउट हुन पुगे ।यसअघिका खेलमा उत्कृष्ट फिनिसिङ गरेका हार्दिकलाई १७ ओभरको तेस्रो बलमा राशिद खानले विजय शंकरबाट क्याच आउट गराएपछि मुम्बईको ठूलो योगफलको आसा पनि सकिएको थियो । हैदरावादका सिद्धौथ कौलले २, राशिद खान,मोहम्मद नाबी,सन्दीप शर्मा र भुवनेश्वर कुमारले समान एक विकेट हात पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top