Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ सरकारले बृहत विराट क्षेत्र निमार्ण गर्ने ,थप ४ दिन सार्वजनिक विदा थप

प्रदेश १ सरकारले बृहत विराट क्षेत्र निमार्ण गर्ने ,थप ४ दिन सार्वजनिक विदा थप

प्रदेश नम्बर १ सरकारले १२ वटा स्थानीय तह समेटेर बृहत विराट क्षेत्र निमार्ण गर्ने तयारी गरेको छ । १ नम्बर प्रदेश मन्त्रिपरिषदको बैठकले विराटनगर महानगरपालिका, इटहरी उपमाहनगरपालिका र धरान उपमहानगरपालिकासहित १२ स्थानीयतहलाई समेटेर वृहत विराट क्षेत्र निर्माण गर्ने तयारी गर्दे सो सम्बन्धी विधेयक प्रदेशसभामा लैजाने निर्णय गरेको हो ।

प्रदेश सभाको यसै अधिवेशनले प्रदेशको राजधानी र नाम टुग्याउने तयारी गरिरहेको अवस्थामा मन्त्रिपरिषदको यो निर्णयलाई महत्वका साथ हेरिएको छ । मुख्यमन्त्री शेरधनराईले समेत पटक पटक बृहत विराटक्षेत्रको अवधारण प्रस्तुत गर्दे यस क्षेत्रमै राजधानी हुन सक्ने संकेत गर्दे आएको छ । मन्त्रिपरिषदका बैठकका निणर्यका विषयमा जानकारी दिदै सरकारका प्रवक्ता एंवम प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आवश्यकताका आधारमा क्षेत्र निर्धारण भने तलमाथि हुनसक्ने बताए । उक्त विधेयकमा मन्त्रीको नेतृत्वमा, प्रमुख कार्यकारी अधिकृत रहने गरी वृहत विराट क्षेत्रको विकास गर्ने उद्देश्य लिइएको कार्कीे बताए । यस्तै बैठकले विपद् व्यवस्थापन ऐन २०७५ संशोधन गर्ने भएको छ ।

संघीय सरकार मातहत रहेको नेपाली सेना र सशस्त्र प्रहरीलाई पनि विपद्मा खटाउने गरी कानून संशोधन गर्न लागिएको मन्त्री कार्कीले जानकारी दिए । यस्तै प्रदेश सरकार तथा स्थानीय तहको राजपत्रहरु प्रदेशबाटै भोलिकै मितिदेखि प्रकाशित गर्ने पनि बैठकले निर्णय गरेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट निर्माण गरेको २०७६ सालको प्रदेश पात्रो स्वीकृत गरेको छ । जसमा सरकारले ४ वटा विदा थप गरेको छ । प्रदेशले संघीय सरकारले दिएका सार्वजनिक विदाबाहेक जनैपूर्णिमा, उँधौली पर्व, छठ र इदुलफित्र विदा थप गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.