Nepal Times
Nepal Times
3
Shares

अस्थायी मुकाम तोकिएवपछी ​धनकुटा तनाबग्रस्त

अस्थायी मुकाम तोकिएवपछी ​धनकुटा तनाबग्रस्त

धनकुटा, माघ ४
धनकुटालाई प्रद्श नं. १ को अस्थायी मुकाम नतोकिएको भन्दै धनुकटा तनावग्रस्त बनेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुनुका साथै सरकारी कार्यालय आगजनी र व्यापक तोडफोड भएर तनाबग्रस्त भएको हो ।

आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरेका छन् । आन्दोलन अराजकतातर्फ जान थालेपछि प्रहरीले प्रदर्शनकारीलाई लाठिचार्ज गरको थियो ।

प्रहरीको लाठिचार्जपछि आक्रोसित प्रदर्शनकारी तोडफोड र आजगनीमा उत्रिएका हुन् । प्रदर्शनकारीले मदनचोकमा प्रहरीको गाडी नै फुटाएका छन् । प्रहरी प्रमुख सवार ना.१ झ १३१४ नम्बरको गाडी तोडफोड र तीनवटा मोटरसाईकल फुटाएका छन् ।

प्रहरीको लाठिचार्जबाट नेपाली कांग्रेस धनकटाका कोषाध्यक्ष दिनेश राइ घाइते भएका छन् । आन्दोलन आक्रामक बन्दै गएपछि बजारमा सयौंको संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ । स्थिति तनावपूर्ण भएपछि हाल स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.