ओखलढुङ्गा, चैत २८
ओखलढुङगाको लिखु गाउँपालिका–३ नर्वदेश्वर सतलुङमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
आज दिउँसो करिब साढे २ बजेको समयमा लिखु गाऊँपालिका –४ की ५५ बर्षीया सेतीमाया मगर, उनकी छोरी १८ बर्षीया विष्णु मगर र ३२ बर्षीया गोमा मगर घर लिप्ने माटो खन्न गएकोमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिदा सेतीमाया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
अन्य दुई जना मध्ये बिष्णु मगरको अवस्था गम्भीर भएकोले उपचारको लागि काठमाण्डौ पठाईएको छ भने गोमा मगरको अवस्था सामान्य रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।