३० चैत, विराटनगर
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको भवन शनिबार शिलन्यास गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त भवनको शिलन्यास गरेका हुन् ।
विराटनगर–५ गणेश चौकमा बन्ने भवनका लागि महानगरपालिकाले १ कठ्ठा जग्गा उपलब्ध गराएको छ । प्रदेश सरकारले भवन निर्माण गरिदिने घोषणा यसअघि नै गरिसकेको थियो । भवनका लागि यो वर्ष ४० लाख बजेट विनियोजन गरेको छ । १ हजार ८ सय वर्गफुटमा बन्ने भवन ३ तल्ले हुने महासंघका प्रदेश १ का अध्यक्ष बिक्रम निरौलाले जानकारी दिए । भवनको पहिलो तल्लामा व्यवसायिक योजनासहित सटर र लाईब्रेरी रहने, दोस्रो तलमा कार्यालय र बैठक कक्ष रहने र तेस्रो तल्लामा ३ सय जना अटाउने सभाहल हुने महासचिव विवेक गौतमको भनाइ छ ।
उक्त भवन आगामी आर्थिक वर्षभित्र निर्माण गरीसक्ने लक्ष्य रखिएको अध्यक्ष निरौलाले जानकारी दिए । प्रदेश महासघको कार्यालय भने अहिले विराटनगर बरगाछीमा भाडाको घरमा रहेको छ ।