वालुवाटार जग्गा खरिद प्रकरणबाट सरकारको क्षमता देखियोः प्रकाशमान

३० चैत, विराटनगर
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको कार्यशैली तथा क्षमता वालुवाटार जग्गा खरिद प्रकरणबाट नै प्रस्ट भएको नेपाली बताएका छन्  ।

विराटनगरमा शनिबार प्रेस यूनियन मोरङले आयोजना गरेको साक्षात्कारका क्रममा नेता सिंहले भ्रष्टाचारको मुद्धामा सबैलाई एउटै बास्केटमा राखेर हेर्न नमिल्ने बताए । विभिन्न जग्गा प्रकरण तथा विमान खरिद प्रक्रियामा कांग्रेसका नेताहरुको पनि संलग्नता देखिएको हो भन्ने प्रश्नमा उनले सबैलाई एकै बास्केटमा हालेर हेर्नु भन्दापनि वर्तमान सरकारको क्रियाकलापले सबै कुरा उजागर गरिरहेको बताए । पार्टी भित्र महाधिवेशनको विषयलाई लिएर चर्चा जारी रहेको सन्दर्भमा उनले वर्तमान नेतृत्व पार्टीको विधिविधान संवत अघि बढ्न नसकेको गुनासो गरे ।

समयानुकुल पार्टी महाधिवेशनबाट नयाँ र बलियो नेतृत्व आउने उनले बताए । पार्टी विधिविधान संवत चल्न नसकेको बताउदै नेता सिंहले तदर्थवादमा पार्टी चलेका कारण पछिल्लोसमय पार्टीमा कमीकमजोरी देखिएको बताए । चौतर्फी नेतृत्वको आलोचना हुदाँ समेत नेतृत्व तहमा कुनै सुधार नदेखिएको बताउदै नेता सिंहले यस्तै अवस्था रहिरहने हो भने जिल्ला अध्यक्षहरुको हस्ताक्षर अभियानले सक्रियता पाउने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top