प्रदेश १ को ‘मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम’ अलपत्र

७ बैशाख ७६, आइतबार

विराटनगर, बैशाख ८
प्रदेश १ को सरकारले बजेट भाषण मार्फत ल्याएको महत्वाकांक्षी‘मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम’ अलपत्र परेको छ । मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमको लागि योजनाको काम अघि नबढदा कार्यक्रम नै अलपत्र परेको हो ।

मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमको लागि मन्त्रिपरिषदले कार्यविधि समेत बनाएको छ ,तर कार्यविधि अनुसार सडक आयोजना छान्ने काम भने अहिलेसम्म हुन सकेकोे छैन ।

प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार १५बैशाख भित्र योजना छनोट गरी सक्नु पर्ने उल्लेख छ । आर्थिक मार्मिला तथा योजना मन्त्रालयले कार्यक्रमका लागि योजना छनौटको समय अवधि एक साता रहेपनि मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमकाको लागि योजना नपरेको जनाएको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता हरिहर पौडेलेले मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमकाको लागि भनेर भौतिक पूर्वाधार मन्त्रालयबाट योजनाका फाइल नआएको वताए ।

‘योजना छनोट हुनासाथ रकम निकासा गर्ने गरी तयारी गरेका छौं,’ उनले भने,‘क्रमागत सडक आयोजना भएका कारण यो वर्ष सुरु भए पनि आगामी वर्ष पूरा हुने अवस्था भने रहन्छ ।’

Advertisement

प्रवक्ता पौडेलले मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका एउटा रणनीतिक सडक निर्माण गरिनेछ । चालु आर्थिक वर्षको बजेटमा मुख्यमन्त्रीले आफ्नो पदसँग जोडेर महत्वकांक्षी योजना सार्वजनिक गरेका थिए । ‘मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम’ नाम दिएको योजनाका लागि चालु आर्थिक वर्षमा ४० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एक वटा आयोजना छान्ने गरी मन्त्रिपरिषदले कार्यविधि समेत बनाएको छ । कार्यविधि अनुसार सडक आयोजना छान्ने काम भने प्रत्यक्ष निर्वाचित सांसदलाई दिएको छ । यो कार्यक्रममा रकम विनियोजन भएको क्षेत्रमा पर्ने स्थानीय तहको २० प्रतिशत अनिर्वाय सहभागिता रहने व्यवस्था गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top