अवैध रुपमा वालुवा निकाल्ने स्काइभेटरसहित टिपर र ट्रयाक्टर नियन्त्रणमा

१२ बैशाख ७६, शुक्रबार

विराटनगर, बैशाख १२
विराटनगर – मोरङको विराटनगर महानगरपालिका –६ स्थित केसलिया खोलामा अवैध रुपमा वालुवा उत्खनन् गरिरहेका स्काइभेटरसहित ३ वटा टिपर र एउटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान सीआरभी केसलिया मार्गबाट खटिएको प्रहरी टोलीले खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ‘अनटेष्ट’ स्काईभेटरसहित ना. ५ ख ७४४५, को. १ क १९६३ बा. ८ ख ५९९४ नम्बरको टिपर र को. १ त २७९१ नम्बरको ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा राखिएको सवारीलाई आवश्यक कारवाहीको लागि विराटनगर महानगरपालिकालाई जिम्मा लगाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top