हुरीपीडितका घर पुनर्निर्माणका लागि सरकारको तर्फबाट ८५ करोड

१२ बैशाख ७६, बिहीबार
Share this
730shares

काठमाडौँ, बैशाख १२
गत चैत्र १७ गते बारा र पर्सामा आएको विनाशकारी आँधीहुरी पिडित परिवारलाई सरकारले ८४ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हुरीपीडितका घर पुनर्निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।

Advertisement

केही समय अगाडी बारा र पर्सामा हावाहुरीबाट भत्केका घर पुनः निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने निर्णय गरेको थियो । हावाहुरीबाट बारा–पर्साका १४ सय ५३ वटा घर क्षतिग्रस्त भएका थिए भने २९ जनाले ज्यान गुमाएका थिए । हुरीमा परी ६ सय भन्दा बढी घाइते भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top