आज कांग्रेस संसदीय दलको बैठक बस्दै

sfFu|]; s]Gb|Lo ;ldltsf] a}7s g]kfnL sfFu|]; s]Gb|Lo sfof{no ;fg]kfdf cfOtaf/ ;'? ePsf] s]Gb|Lo ;ldltsf] a}7s a:b} . sfFu|];n] a}7såf/f @( ;b:oLo …s]Gb|Lo sfo{;Dkfbg ;ldltÚ u7g u/]sf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, वैशाख १५
आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । दलको कार्यालय सिंहदरवारमा आइतबार अपराह्न ३ बजे बस्ने बैठकमा संसद बैठकमा प्रस्तुत गर्ने विषयबारे छलफल हुन लागेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

संघीय संसदको बर्खे अधिवेशन सोमबार सुरु हुन लागेकाले संसद बैठकमा उठाउने एजेण्डा तय गर्ने सचेतक भुसालको भनाइ छ । उनका अनुसार पार्टीले संसदमा खेलेका भूमिकाका बारेमा पनि समीक्षा गरिने छ । पछिल्लो समय सत्ता पक्ष र विपक्षीबीच संवैधानिक निकायमा पदाधिकारी नियुक्तिमा विवाद देखिदै आएको छ ।

प्रमुख प्रतिपक्षी दलको उपस्थितिविना नै सर्वोच्च अदालतका पाँच न्यायाधीश र निर्वाचन आयोगका प्रमुख आयुक्तलगायतका व्यक्ति नियुक्ति गरेको भन्दै कांग्रेसले असन्तुष्टि पोख्दै आएको छ । त्यसबारेमा समेत समीक्षा हुने भुसालले जानकारी दिइन् ।