किशोर विश्वकर्मा
विराटनगर, माघ ७
विराटनगरमा जारी अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइलन खेलमा न्यूमुा विजयी भइ फाइनलमा प्रवेश गरेको छ ।
विराट क्रिकेट सोसाइटी र ठाकुर एजेन्सीको आयोजनामा दिल्ली पब्लिक स्कुलको खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत आइतबार विकेभिएम र न्यूमुन बोर्डिङ स्कुलबिच भएको पहिलो सेमिफाइनलमा न्यूमुन १४ रनले विजयी भइ फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले व्याटिङ रोजेको न्यूमुनले निर्धारीत १८ ओभरको खेलमा १ सय ८२ रन बनाएको थियो । न्यूमुनका लागि आनन्द साह २२ र हैदर आलमले २१ रनको योगदान दिए । विकेभिएमका लागि आसुतोष सिंहले ३, रोशन पराजुलीले समान २÷२ विकेट लिएका थिए ।
८४ रनको विजय लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको विकेभिएमले ११ ओभरमा सवै विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो । विकेभिएमका लागि मिथलेस यादवले सर्वाधीक १६ रन बनाएका थिए ।
न्यूमुनका लागि इसफान सेख, गुड्डु आलम र इद मोहम्मदले समान ३÷३ विकेट लिए ।