बेलबारीवासीलाई विराटनगर आउन दुरी बढ्यो, ०७४को बाढीले भत्काएको पुल अझै बन्न सकेन्

विराटनगर, वैशाख १७
दुई बर्ष अघि आएको वाढीले भत्काएको पुल अहिलेसम्म नबन्दा मोरङ बेलबारीका स्थानीयबासीलाई आवज जावतमा समस्या भएको छ । २०७४ साउन २८ गते निरन्तरको बर्षापछि लोहन्द्रा खोलामा आएको बाढीले बेलवारी नगरपालिका ६ स्थित लोहन्द्रा खोलाको पुल भत्काएको थियो । पुल भत्काएको दुई बर्ष सम्मपनि पुल निर्माण नहुदा बेलबारी नगरपालिका १,२,३ र ५ नं वडाका स्थानीय घण्टौ समय लगाएर बैकल्पिक मार्ग प्रयोग गरी बिराटनगर, कानेपोखरी लगायतका स्थानमा जानु पर्ने बाध्यता रहेको छ ।

स्थानीय राम कामतले पुल निर्माण नहुदा बिरामी लिएर एम्बुलेन्स लगायतका साधान पनि पूर्व पश्चिम राजमार्ग प्रयोग गरी बिराटनगर जानुपर्ने वाध्यता रहेको बताए ।

हिंउँदको समयमा त खोलाको वगर प्रयोग गरी सवारी साधन गुड्ने गरेका छन,कामतले भने,‘बर्खाको याममा सिमानाको गाउँसंगको आउँ जाउँपनि बन्द हुन्छ,केही आपत प¥यो भने,खोलापारीको गाँउ पुग्न कम्तिमा तिन घण्टा लाग्छ । ’उनले पुल नहुदा बर्खाको बेलामा विधार्थीहरुलाई विद्यालय पुग्न पनि सकस हुने गरेको बताए ।

त्यस क्षेत्रका स्थानीयका अनुसार जिल्ला सदरमुकाम बिराटनगर पुग्न बढीमा १ घण्टाको समय लाग्ने गरेको भएपनि पुल नहुदाँ पूर्व पश्चिम राजमार्गको लक्ष्मीमार्ग सडक खण्डको सडक मार्ग प्रयोग गरी इटहरी हुदै बिराटनगर पुग्नु पर्ने बाध्यता रहेको बताए ।

यता सुनसरी–मोरङ सिचाई आयोजनाले भने पुल निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भईसकेको जनाएको छ । आयोजनाले पुल निर्माणको लागि लागत अनुमान तयार पर्ने काम सकिएको जनाएको छ । आयोजनाले अबको दुई बर्षभित्र पुल निर्माणको काम सक्ने लक्ष्यसहित डिपिआर तयार गरिएको बताएको छ । ०७४ को बाढीले लोहन्द्रा खोलाको १ सय ७७ मिटर लामो पुल र पुल मुनिको नहर समेत वगाएको थियो ।

Scroll to Top