किशोर विश्वकर्मा
विराटनगर, माघ ७
विराटनगरमा जारी अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत आइतबार सम्पन्न दोस्रो सेमिफाइलन खेलमा दिल्ली पब्लिक स्कुल विजयी भइ फाइनलमा प्रवेश गरेको छ ।
विराट क्रिकेट सोसाइटी र ठाकुर एजेन्सीको आयोजनामा दिल्ली पब्लिक(डिपिएस) स्कुलको खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत आइतबार दिल्ली पब्लिक स्कुल र डिएभी बोर्डिङ स्कुलबिच भएको दोस्रो सेमिफाइनलमा डिपिएस ७८ रनले विजयी भइ फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले व्याटिङ रोजेको डिपिएसले १९ ओभर ३ बलमा १ सय ५ रन बनाएको थियो । डिपिएसका लागि ओम यादवले २५ र कौशल अग्रवालले १५ रनको योगदान दिए ।
डिएभिका लागि शिवम नन्दी, पप्पु यादव, सुविज्ञ पाण्डे र शुभम यादवले समान २÷२ विकेट लिए । १ सय ६ रनको विजय लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको डिएभि ११ ओभर ३ वलमा सवै विकेट गुमायो ।
डिपिएसका लागि तन्मय कर्ण ५, उदय यादव र आर्य विराजीले समान २÷२ विकेट लिए । खेलको म्यान अफ द म्याच डिपिएसका तन्मय कर्ण घोषित भए । सोमबारको फाइनल खेल न्यूमुन र डिपिएस विच हुने आयोजकले जनाएको छ ।