एउटै बोकाको भाउ ४ लाख ६५ हजार

काठमाडौं : धेरै नेपालीले बाख्रा पाल्छन्। बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ। तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा वढी छ भन्दा पत्याउन गोह्रो पर्छ।

झापा हल्दिबारी गाउँपालिका–१ गोलधापका गणेश पराजुलीले एउटा बाख्राको पाठा चार लाख रुपैयाँसम्ममा बिक्री गर्छन् । बोयर जातको बाख्रा पाल्दै आएका पराजुलीले ३ लाख देखि ४ लाख ६५ हजार रुपैयाँसम्ममा बाख्राको पाठा बिक्री गर्दै आएको छन्। ‘प्रगति बोयर बाख्रा फर्म’ सञ्चालक पराजुलीले अहिले बोयर जातका १६४ वटा बाख्रा पालेका छन्।

सानाठूला सबै हिसाब गर्दा फर्ममा दुई करोड बढीका बाख्रा रहेको पराजुलीले बताए। पाँच वर्षअघिदेखि सञ्चालन गरिएको फर्ममा १ करोड ५५ लाख रुपैयाँ लगानी भएको पराजुलीकी श्रीमती कल्पनाले बताइन्। बैंकबाट २७ लाख ३५ हजार रुपैयाँ ऋण लिएर फर्म सञ्चालन गरेका कल्पनाको भनाइ छ।, यो समाचार आजको कारोबार दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top