विराटनगर, वैशाख २६
लागु औषधविरुद्धको अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय मोरङले दोश्रो चरणको कार्यक्रम संचालनमा ल्याएको छ अभियान अन्र्तगत सीमाक्षेत्रमा सेन्टर स्थापना गरेर अभियान अघि बढाइएको छ ।
विराटनगर १६ स्थित रानीमा लागु औषधविरुद्धको दोश्रो चरणको कार्यक्रमलाई थप प्रभावकारी बनाउन रानीमा क्यान सेन्टरको स्थापना गरिएको छ । जीवन विकास समाज कटहरीको आर्थिक सहयोगमा निर्माण गरिएको सेन्टरको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उदघाटन गरे ।
लागुऔषध ओसारपसार र दुब्र्यसन नियन्त्रणको उद्धेश्यसहित निर्माण गरिएको क्यान सेन्टरमा परामर्श कक्ष,अभिलेख कक्ष तथा एउटा सभाहल रहेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी मनोजकुमार केसीले पहिलो चरणको अभियानमा १६ सय ७८ जना लागु औषध प्रयोगकर्तालाई काउन्सीलिङ गरिएको जानकारी दिए ।
उनले ८३ दशमलव ४३ प्रतिशत लागु औषध प्रयोगकर्ताहरु ३० बर्षभन्दा कम उमेरका रहेको भेटिएको बताए । प्रहरीले दोश्रो चरणमा हेल्थ काउन्सीलिङ,संक्रमण परीक्षण,अभिलेखीकरण,उद्धार र अभिभावक बोलाएर काउन्सीलिङ लगायतका कार्यक्रम गर्ने बताएको छ ।
सो अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले लागुऔषध प्रयोगकर्तालाई पुर्नस्थापना गर्न महानगरपालिकाले बजेट विनियोजन गरेर कार्यक्रम अघि बढाएको बताए । उनंले लागुऔषधको प्रयोगले पार्ने असरलाई विद्यालयको पाठ्यक्रममै सामेल गण्राउने तयारी गरिएको समेत जानकारी गराए ।