महान्यायाधिवक्ताविरुद्ध अमेरिकी संसद्को अवहेलना गरेको आरोप

२६ बैशाख ७६, बिहीबार
Share this
683shares

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ को एउटा समितिले महान्यायाधिवक्ताविरुद्ध संसद्को अवहेलना गरेको अभियोग लगाउने पक्षमा मतदान गरेको छ । गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको अनुसन्धानको प्रतिवेदन उपलब्ध गराउन नमानेपछि कंग्रेसको न्यायिक समितिले महान्यायाधिवक्ता विलियम बारविरुद्ध दुर्लभ मानिने कदम उठाएको हो । यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गरि प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गर्न बन्देज लगाएका थिए । यो घटनालाई लिएर ह्वाइट हाउस र कांग्रेसले एकअर्कामाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । अब अवहेलनाको प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको पूर्ण बैठकमा पठाइनेछ । तल्लो सदनमा विपक्षी दलको बहुमत छ । आंशिक रूपमा प्रकाशित रोवर्ट मुलरको प्रतिवेदनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रभावित तुल्याउन ट्रम्पको निर्वाचन अभियान र रुसबीच आपराधिक षड्यन्त्र रहेको कुनै प्रमाण फेला परेको उल्लेख छैन । राष्ट्रपति ट्रम्पले भने महान्यायाधीवक्ताले सांसदसामु बयान दिन जान नहुने बताउँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top