आइपीएलमा आज दिल्लीले चेन्नेईको सामना गर्ने

२६ बैशाख ७६, शुक्रबार

विराटनगर, वैशाख २७
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको दोस्रो क्वालिफायर खेलमा शुक्रबार दिल्ली क्यापिटल्स र चेन्नेई सुपर किंग्सबीच प्रतिस्पर्धा हुदैछ ।बिशाखापटनममा हुने साँझ पौने ८ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली पहिलो पटक आईपीएलको फाईनल पुग्दै ईतिहास रच्ने दाउमा छ ।

तर चेन्नेईलाई हराउँदै फाईनलको टिकट काट्नु दिल्लीका लागि निकै कठिन छ । चेन्नेईले लिग चरणको खेमलमा ८० रनले हराउँदै शीर्ष दुई दुईमा पर्ने दिल्लीको सपनामा टुटाएको थियो । बुधबार हैदरावादविरुद्व संघर्षपुर्ण जितले दिल्लीले क्वालिफायरमा स्थान पक्का गरेको थियो । जसमा ऋषभ पन्तले उल्लेख्य भुमिका निर्वाह गरेका थिए ।

सोही कारण समेत दिल्लीको टिमको मनोबल उच्च भएको हुन सक्छ । पन्तले दिल्लीबाट विजयी पाली त खेल्न सकेनन् । तर दोस्रो क्वालिफायर खेलमा आलोचकको मुख बन्द गराउने अवसर ऋषभलाई छ । अर्का युवा खेलाडी पृथ्वी शाले ५६ रनको अर्धशतकीय पाली खेले । पछिल्ला तीन खेलमा कम रन बनाएर आलोचना भोगेका उनले हैदरावादविरुद्व जितको आधार तय गरेका थिए ।

कागिसो राबाडाको स्थानमा दिल्लीका ट्रेन्ट बोल्ट र इशान्त शर्माले राम्रो प्रर्दशन गरेका थिए । अनुभवी स्पिनर अमित मिश्राले किफायती बलिङ गर्दै एक विकेट समेत लिएका थिए । यता चेन्नेईलाई दबाबपुर्ण खेल खेल्ने बानीनै छ ।

तीन पटकको विजेता चेन्नेई चार पटक उपविजेता समेत भएको छ । पहिलो क्वालिफायर खेलमा मुम्बई ईन्डियन्ससंग पराजित भएपनि खेलमा फर्कने अवसर चेन्नेईलाई प्राप्त छ । मुम्बईविरुद्वको कमजोर ब्याटिङलाई कप्तान धोनी सुधार गर्ने अपेक्षा गरेका छन् ।

स्टार ब्याटसम्यान सेन वाटसन हैदरावादविरुद्व ५६ बलमा ९६ रन बनाउनु बाहेक अरु खेलमा रन बनाउन सकिरहेका छैनन् । विजेता टिमले उपाधिका लागि मुम्बईसंग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top