बैशाख—२७, विराटनगर ।
मोरङको रंगेली प्रहरीले सेतो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको धनपाल गाउँपालिका मायागंजाबाट गएराति भारत कुरसाकाटाका ३६ वर्षिय सन्तोस मण्डललाई रंगेली प्रहरीले पक्राउ गरेको हो । रंगेली प्रहरीका प्रमुख प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीका अनुसार प्रदेश नं. १ प्रहरी को विशेष टोली र रंगेली प्रहरीले भारती नागरिक मण्डललाई पक्राउ गरेको जानकारी दिए । प्रहरीले मण्डलले चलाई ल्याएको डि एल ७ सी एम ०१७६ नम्बरको स्कारपीयो जिप चेक जाच गर्ने करममा म्याड इन थाइल्याण्ड डबल टाइगर नामको १ सय ६० ग्रामको सेतो हिरोइन बरामद गरेको हो । मण्डलले जन्ती बोकी आएको सोस्कारपियो जिप सवारीबाट विशेष सुराकीको आधारमा हिरोइन बरामद गरेको रंगली प्रहरीले जनाएको छ । लागु औषध नियन्त्रण ऐन अन्तर्गत मण्डललाई शुक्रबार मोरङ जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।