×

NEPAL TIMES UPDATES

Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026

इन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

२७ बैशाख २०७६

काठमाडौं, बैशाख २७

इन्टरनेट सेवा प्रदायकले बढेको भाडादर नबुझाएपछि विद्युत प्राधिकरणले तार काट्ने भएको छ ।

Advertisement
Advertisement

नेपाल विद्युत प्राधिकरणले पोल तथा अप्टिकल फाइवर भाडाको नयाँ दर रेट कायम गरेको र उक्त भाडादर इन्टरनेट तथा टिभी सेवा प्रदायकले नतिरेपछि प्राधिकरणले तार काट्ने भएको हो । यता इन्टरनेट सेवा प्रदायक समन्वय समितिले शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणको निर्णयको विरोध गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

प्रधिकरणले तारकाटेपछि हुने ब्ल्याक आउटको जिम्मा नलिने समितिले बताएको छ । साथै यहि २०७५ साल साउन १ गतेदेखि विद्युत प्राधिकरणले एकलौटि ढंगले नयाँ दररेट कायम गरेको भन्दै समितिले विरोध गरेको हो ।

विद्युत प्राधिकरणले तोकेको रेटमा हाल तिर्दै आएको रेटको तुलनामा शहरमा ५ गुणाले वृद्धि हुने र गाउँमा १२ प्रतिशतले वृद्धि हुने भएको छ । उक्त समिति संयोजक दिनेश सुवेदीले सरकार समस्या समधानका लागि वार्ताको वारवरण नबनाएको आरोप लगाए ।

सरकारले गरेको मूल्यवृद्धिका कारण ग्राहक नै ठूलो मारमा पर्ने संयोजक सुवेदीले बताए । उनले भने,‘ सरकारी पक्षको यस्तो रबैयाले ग्राहक ठूलो मार्कामा पर्ने छन् । किने भने हामीले त्यही अनुसारले अगाडि बढ्नु पर्ने हुन्छ । यस्तो गर्नुभन्दा बरु हामी सबै तालाचाबी सरकारलाई बुझाइ दिन्छौँ ।’

उनले तत्काल क्लिनफिड लागु गर्न नसकिने पनि बताए । ‘सरकारले भने जस्तो क्लिनफिड सजिलो छैन । विज्ञापनविनाका च्यानलमात्र प्रसारित गर्ने भनेको छ । नेपालमा प्रसारित च्यानलमध्य ८५ प्रतिशत च्यानल विदेशी नै छन्,’ संयोजक सवेदीले भने, ‘किलिनफिड लागु गरेर डिजिटलाइजेसनको क्रममा रहेका डिजिटल टीभी व्यवसायको अरबौँ रुपयाँ डुब्छ ।

साथै संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता बञ्चिल हुन्छन् । सरकारले यो कुरालाई ख्यान गर्ने कि नगर्ने ?’

इन्टरनेट सेवा प्रदायक संस्था (आइएसपी)का अध्यक्ष भोजराज भट्टले तार काटेपछि ब्ल्याक आउटको जिम्मा इन्टरनेट सेवा प्रदायक कम्पनीले नलिने बताए । प्राधिकरणले एनसेल र नेपाल टेलिकमको व्यापारलाई हेरेर भाडा तय गरेको भन्दै साना कम्पनीले पोलको भाडा तिर्नै नसक्ने उनको तर्क छ ।

उनका अनुसार अहिले प्राधिकरणले प्रतिकिलोमिटर तारको मोटाई अनुसार एक हजार दुई सय, एक हजार नौ सय र दुई हजार सात सय रुपैयाँ तोकेको छ । जसकारण साना कम्पनी सम्झौंताका लागि तयार नदेखिएका हुन् ।

भट्टले सरकार समस्याको समधान खोज्नुको साटो अधिनायकवादी शैली देखाइ रहेको आरोप लगाए । उनले भने‘ हामीले यसरी हुँदैन । सबै पक्षसँग समन्वय गरेर जाऊ भन्दै आएका छौँ । तर, उर्जामन्त्री, सञ्चारमन्त्री र प्राधिकरणका प्रमुख गैर जिम्मेवारी पूर्ण तरिकाले अगाडि बढी रहनु भएको छ ।

हामीसँग कुराकानी गर्न चाहिरनु भएको छ । यस्तो अवस्थामा हामीले ब्ल्याक आउटको जिम्मा अवस्था हुँदैन ।’ उनले सरकारले सञ्चार मन्त्रालयलाई भन्सार जस्तो बनाएको आरोप पनि लगाए ।रासस

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top