अर्थमन्त्रीले एक खर्ब ढाँटेर बजेट बनाएपछि..

८ माघ ७४, मंगलबार

काठमाडौं – सरकारले चालू आर्थिक वर्षको बजेट एक खर्ब रुपैयाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि अहिले आएर खुलेको खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement

यो वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट एक खर्ब दुई अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने अनुमान गरेको थियो।

तर, सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले हालै निकालेको तथ्यांकले यो वर्ष एक रुपैयाँ पनि बचत भएर आउने अवस्था देखाएको छैन।

Advertisement

गत वर्ष बचत होइन, सरकार उल्टै ४८ अर्ब घाटामा देखिएको छ। महालेखाको पछिल्लो तथ्यांकले बजेट तयारी गर्ने जिम्मेवारी बोकेका अर्थमन्त्री र अर्थ मन्त्रालयको टोलीले एक खर्ब बजेट ‘हचुवा’मा राखेको देखाएको हो।

मुलुकको अर्थतन्त्रको जिम्मेवारी  लिएर बसेको उच्च पदस्थ कर्मचारी र दलका नेताहरूले कतिसम्म हावादारी र गैरजिम्मेवार रूपमा काम गर्छन् भन्ने यो घटनाले पुष्टि गरेको छ।

Advertisement

महालेखाका उपमहायिन्त्रक यदुनाथ भट्टराईले चालू वर्षको बजेटमा गत वर्षको बजेटबाट एक खर्ब दुई अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने भनिए पनि अवस्था त्यस्तो नदेखिएको जानकारी दिए। ‘गत वर्षबाट एक पैसा पनि ‘क्यारिओभर’ हुने अवस्था छैन’, भट्टराईले भने, ‘सरकार उल्टै ४८ अर्ब घाटामा गएको छ।’ उनका अनुसार यो वर्षसम्मको हिसाब हेर्दा सरकारको घाटा ७२ अर्ब रुपैयाँ पुगिसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top