आप्रवासी बोकेर लिबियाबाट युरोप जाँदै गरेको डुंगा दुर्घटना, ६५ जनाको मृत्यु

लिबियाबाट आप्रवासी बोकेर युरोप जाँदै गरेको एउटा डुंगा भूमध्यसागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी नियोग युएनएचसीआरले ट्युनिसियानजिक समुद्रमा डुंगा दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परेका १६ जनाको उद्दार गरिएको छ । समुद्रमा आएको ठूलो छालमा परेर डुंगा दुर्घटना भएको उद्धार गरिएकाहरुले बताएका छन् । युएनएचसीआरले यो वर्ष लिबियाबाट युरोप जान लागेका १ सय ६४ जनाको डुंगा दुर्घटनामा परेर मृत्यु भइसकेको जनाएको छ । यद्यपी पछिल्लो दुर्घटना यो वर्षकै सबैभन्दा ठूलो भएको बताइएको छ । दुर्घटनामा परेर पनि बाँच्न सफल भएकाहरुलाई ट्युनिसियाको नौसेनाले आफ्नो देशको तटसम्म ल्याएको छ । एक जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ट्युनिसियाको रक्षा मन्त्रालयले दुर्घटना भएको थाहा पाउने वित्तिकै माछा मार्न प्रयोग गरिने डुंगा परिचालन गरेर उनीहरुको उद्दार गरिएको जनाएको छ । डुंगामा सवार अधिकांश व्यक्ति अफ्रिकी मुलुकका भएको बताइएको छ । हरेक वर्ष हजारौं आप्रवासी भूमध्य सागर पार गर्दै युरोप छिर्ने प्रयास गर्ने गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top