नवगठित समाजवादी पार्टीको राजपासँग पार्टी एकीकरणको पहल

२८ बैशाख २०७६, शनिबार
Share this
650shares

काठमाडौँ,बैशाख २८

Advertisement

नवगठित समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग पार्टी एकीकरणका लागि पहल थालेको छ । पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय वार्ता टोलीले आवश्यक छलफल सुरु गरिएको हो ।

राजपासहित विचार र सिद्धान्त मिल्ने दल एवं सङ्गठनलाई एकताका लागि अपिल गरिएको संयोजक श्रेष्ठले उल्लेख गरे । वार्ता समितिमा परशुराम खापुङ, नवराज सुवेदी, डम्बर खतिवडा र रामसहाय यादव सदस्य रहेका छन् । यही वैशाख २३ गते संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण भएर समाजवादी पार्टी बनेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top