Nepal Times
Nepal Times
3
Shares

‘को बन्छ करोडपति’ मा विराटनगरका राजिवले जिते २५ लाख, जित्लान त एक कराेड ?

‘को बन्छ करोडपति’ मा विराटनगरका राजिवले जिते २५ लाख, जित्लान त एक कराेड ?

विराटनगर, बैशाख २९
विराटनगरका राजिव जैनले एपीवान टेलिभिजनबाट प्रसारित हुने लोकप्रिय बौद्धिक टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’मा पहिलो पटक रु.२५ लाख जितेका छन् ।

शनिबार प्रसारित ‘को बन्छ करोडपति’को ४१ औँ भागमा उनले १३ औँ प्रश्नको सही जवाफ दिँदै २५ लाख जितेका हुन् । यसअघि को बन्छ करोडपतिमा रु.६ लाख ५० हजारभन्दा बढीको विजेता बनेका थिएनन् ।

।समय अभावका कारण १३ औँ प्रश्नमा अन्त्य भएको कार्यक्रमको १४ औँ र १५ प्रश्न बाँकी रहेको छ । राजिवले अब अर्को भागमा बाँकी प्रश्नको सामना गर्नेछन् । अब १४ औँ प्रश्नका सही जवाफ दिए ५० लाख र १५ औँ प्रश्नको पनि सही जवाफ दिए राजिवले १ करोड रुपैँया जित्ने छन् । अब यत्तिकै गेम छोडेर गए उनले जितेको रकम पाउनेछन् तर प्रश्नको सामना गरेर गलत उत्तर दिएमा ३ लाख २० हजारमा झर्नेछन् ।

तर राजिवले १ करोड रुपैँया जितेको हुनसक्ने अनुमान गरिएको छ । ‘को बन्छ करोडपति’ ले एक करोड विजेता पाइसकेको कार्यक्रमको प्रोमो सार्वजनिक गरेको छ । त्यसमा कन्टेस्टेनको अनुहार भने देखाईएको छैन । धेरैले २५ लाख रुपैँया जितिसकेका राजिव नै हुनसक्ने अनुमान गरेका छन् । कार्यक्रममो अर्को भाग आईतबार(आज) प्रसारण हुनेछ ।

उनले आफुले एक करोड जितेमा केही सामाजिक सेवामा खर्च गर्ने र विश्व भ्रमण गर्ने रुची रहेको बताएका छन् । ब्यापारिक परिवारका विराटनगरका ४३ वर्षिय राजिव जैन विगत १० वर्षदेखि काठमाडौँ बस्दै आईरहेका छन् । ‘को बन्छ करोडपती’ शनिबार आईतबार र सोमबार ८ : ३० देखि प्रसारण हुँदै आएको छ ।

हेर्नुहोस् भिडियो :

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.