विराटनगर, माघ ९
हिसान मोरङको आयोजनामा सोमबार सम्पन्न ८ औं हिसान स्पोर्टस् मिट अन्तर्गत क्रिटेट प्रतियोगितामा कान्तिपुर कलेजल विजयी सुरुवात गरेको छ ।
बैजनाथपुर रंगशालामा सोमबार सम्पन्न क्रिकेट प्रतियोगिता विराटनगरमा रहेको कान्तिपुर कलेजले अर्किड कलेजलाइ ४ विकेटले हराउँदै सेमिफाइलनमा प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको अर्किडले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । १ सय ४ रनको विजयी लक्ष्य पाएको कान्तिपुरले १७ ओभर २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । खेलको म्यान अफ द म्याच कान्तिपुरका अजय यादवले सार्वाधिक ४० रन बनाएका थिए ।
प्रतियोगिताको मंगलबारको पहिलो खेल लर्डबुद्ध र ग्रीनल्याण्ड कलेज तथा दोस्रो खेल अरनीको र मोर्डन एरा विच प्रतिस्पर्धा हुदैछ ।
क्रिकेट प्रतियोगितामा ११ वटा कलेजहरुको सहभागि रहेको छ । माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ हजार ३ सय ८४ विद्यार्थी खेलाडि सहभागि हुने हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिए । प्रतियोगितामा क्रिकेट, भलिबल, फुटबल, टेवल टेनिस, दौड र बास्केटबलखेलहरु समावेश गरिएको छ ।