Nepal Times
Nepal Times
3
Shares

जयनगरमा फर्निचर मेला

जयनगरमा फर्निचर मेला

रौतहट, माघ ९
चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग जयनगर चोकमा फर्निचर मेला शुुरु भएको छ । नेपाल विश्वकर्मा लोहार संघ जयनगरको आयोजनामा श्रीपञ्चमीको अवसरमा एक महिने फर्निचर मेला शुरु भएको हो । मेलामा एकसय भन्दा बढी लोहार समुदायका मिस्त्रीले फर्निचर पसलको कक्ष राखेका छन् ।

बारा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय गाउँबाट आएका मिस्त्रीले केही सामग्री मेलास्थलमै निर्माण गर्दछन् भने केही घरबाट निर्माण गरेर ल्याउने गरेका छन् । फर्निचर मेलामा काठका कुुर्सी, टेबुुल, दराज, बेन्च र खाट बिक्री भइरहेको मेला समितिका उपाध्यक्ष योगेन्द्र ठाकुर लोहारले बताए ।

त्यसैगरी फलामको बञ्चरो, खुुकुुरी, चुुपी, खुुर्पी, हँसियालगायत विभिन्न औजार ग्राहकको अगाडी नै तयार गरेर बिक्री भइरहेको उनले बताए । श्रीपञ्चमीदेखि शुरु भई अगामी शिवरात्रीसम्म लाग्ने सो मेलामा सोमबार रु २० लाखभन्दा बढीको कारोबार भएको लोहारले बताए ।

गतवर्ष करिब रु चार करोडको कारोबार भएको उपाध्यक्ष ठाकुरले बताए । यस पटक फर्निचर मेलामा रु पाँच करोडभन्दा बढीको कारोबार हुने अनुुमान गरिएको छ । सदरमुुकाम गौरबाट करिब २२ किलोमिटर उतरमा सो मेला आयोजना गरिएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.