मदन–आश्रितको हत्यारा छिट्टै पत्ता लाग्छ : गृहमन्त्री

काठमाडौँ, जेठ ३
गृहमन्त्री रामबहादुर थापा (बादल) ले स्व. मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया शुरू गरिएको दाबी गरेका छन्। २६औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया शुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने समेत बताए ।

गृहमन्त्री थापाले भण्डारीको शालिक अगाडि उभिएर भने, ‘मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं, छिट्टै हत्यारा पत्ता लाग्ने छ।’

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ०३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो। जुन दुर्घटनालाई नेकपाले रहस्मय भन्दै आएको छ।

Advertisement

स्व. नेता भण्डारीकी श्रीमती विद्या भण्डारी राष्ट्रपति र उनका पार्टी नेताहरुले अहिले सरकार सञ्चालन गरिरहेका छन्। तर, २६ वर्षअघिको रहस्मय भनिएको उक्त जीप दुर्घटनाको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन।

दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्या गरीएपछि त्यो घटना झन् रहस्मय बनेको हो। घटनाको दिन पोखराबाट मुग्लिनसम्म सँगै आएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले पनि मदन भण्डारीको रहस्यमय हत्या गरिएको दाबी गर्दै आएका छन्।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top