पूर्वाञ्चल विश्वविद्यालयलाई सरोकारवालाहरुको सुझाव

विराटनगर, जेठ ३
पूर्वाञ्चल विश्वविद्यालयको अवस्था सुधारोन्मुख भएकाले शाख बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । विश्वविद्यालयले आफ्नो शाखा बढाउने कार्यक्रम तर्फ लाग्न सुझाव सरोकारहरुले दिएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले शुक्रबार विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेलले पूर्वाञ्चल विश्वविद्यालय रोजाईका हिसावले कम भित्र पर्ने बताए ।

विश्वविद्यालयको सिलेवस अन्य विश्वविद्यालयको तुलनामा धेरै राम्रो भएपनि प्रर्वद्धनका कार्यक्रम भने गर्न नसकिएको पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ एशोसिएसनका उपाध्यक्ष गोपी न्यौपानेले बताए ।

Advertisement

२०५० साल स्थापना भएको विश्वविद्यालयले २०५२ सालदेखि कार्यक्रम शुरु गरेको थियो । हाल ८ वटा आंगिक क्याम्पस , १ सय १५ वटा संवन्धन प्राप्त र ६ वटा संकाय अन्र्तगत ६८ वटा शैक्षिक कार्यक्रम सञ्चालित छ । २८ हजार विद्यार्थी अहिले अध्ययनरत छन् ।

विश्व विद्यालयको अवस्था राम्रो हुँदा हुँदै पनि बनिरहेका ऐनका कारण भने भोलीको भविष्य चुनौतिपूर्ण रहेको कर्मचारी संघका केन्द्रिय सभापति राजकुमार सापकोटाले बताए ।

Advertisement

पूर्वाञ्चल विश्व विद्यालय प्रधाध्यापक संघले आयोजना गरेको हिजो, आज र भोलि विषयक अन्र्तक्रियामा नेपाली काँग्रेस प्रदेश नं. का प्रमुख सचेतक केदार कार्की, समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनस्यामलाल दास, रजिष्टार प्रमिला थापा लगायत विश्वविद्यालयसँग संवन्धित विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top