विराटनगर, माघ ९
ठुलो परिमाणमा अबैध भारतीय रुपैयाँसहित एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । विराटनगर–९ स्थिट ट्राफिक चोकमा अनाधिकृत रुपमा भारतीय रुपैयाँ सटहरी गर्ने झापा भद्रपुर–१ का आनन्द मित्तललाई भातयीय रुपैयाँ ८ लाख ५० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मित्तलको साथबाट प्रहरीले २ हजार दरका ४ सय २५ थान नोट बरामद गरेको छ । उनलाई आवश्यक कारवाहीका लागि नोटसहित राजश्व अनुसन्धान विभाग ललितपुर पठाईने जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी विष्णुहरी कोइरालाले जानकारी दिए ।