अहिलेकै गतिमा काम भए महाकाली सिँचाइ आयोजना सक्न १२० वर्ष लाग्ने

कञ्चनपुर – महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो । कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ ।

 

 

१६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६३-६४ बाट नहर खन्न सुरु गरिएको थियो । तर, चैत ०७३-७४ सम्ममा १२.७० किमि मात्र नहर तयार भएको छ । गत वर्ष थप १६ किमि नहर निर्माणका लागि सम्झौता गरिए पनि बजेट अभावमा काम अघि बढेको छैन । यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने देखिन्छ ।

१० वर्षमा तीनवटा कम्पनीले झन्डै १३ किमि नहर तयार गरेका थिए । कुमार राजेन्द्र आशिष जेभी, कुमार नेपाल आदर्श केएम जेभी र लुम्बिनी राजेन्द्र डाँफे जेभीले १८ वटा पुल, पाँचवटा साइपन र ६ वटा फुटपाथ पुलसहित नहर बनाउँदा दुई अर्ब ४१ करोड ११ लाख ३८ हजार खर्च भइसकेको छ । ६५ हेक्टर जमिनको मुआब्जामा मात्रै ५१ करोड १४ लाख ६४ हजार, निर्माण कार्यका लागि एक अर्ब, ८२ करोड ५१ लाख ६६ हजार र अनुसन्धान तथा परामर्शमा सात करोड, ७८ लाख आठ हजार खर्च भएको छ । याे समाचार माेहन विष्टले नयाँ पत्रिकामा लेखेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top