कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका छन् । एक साताअघि आफैले राखेको २३ औं पटकको कीर्तिमान उनले तोडेका हुन् । मंगलबार बिहान ६ः३८ मिनेटमा कामिरिताले २४ औं सफल आरोहण सम्पन्न गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताएका छन । उनी अघिल्लो बुधबार २३ औंपटक चुचुरोमा पुगेका थिए । श्रेष्ठका अनुसार मौसम अनुकूल भएकाले मंगलबार बिहानबाट आरोहीहरु चुचुरोतर्फ लागेका छन् । मंगलबार मात्र १ सय २२ आरोहीले आरोहण गर्ने तालिका मिलाइएको छ । बुधबार २ सय ९७ र बिहीबार १ सय ७२ जना आरोहणको लाइनमा रहेको बताइएको छ ।