भारतीय महिला लिग फुटबलको उपाधि टीम सेथुलाई

८ जेठ ७६, बिहीबार

भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउन सावित्रा एक्लैले २ गोल गरेकी थिइन् । पहिलो हाफको ४४ औं मिनेटमा मणिपुरका लागि राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनको गोलले सेथुविरुद्ध पहिलो हाफमा अग्रता बनाए पनि त्यो अग्रता दोस्रो हाफमा भने टिकाउन सकेन । ५६ औं मिनेटमा सेथुलाई मणिपुरले एक गोल दिएको थियो । ग्रेसले प्रहार गरेको बल क्लियर गर्न खोज्दा उमापत्ति देवीले आफ्नै पोष्टमा गोल गरेकी थिइन् । १–१ गोलको बराबरी भएकाले बेला सेथुका लागि नेपाली खेलाडी सावित्राले ६१ औं मिनेटमा गोल थप्दै अग्रता २–१ बनाउन सफल भइन् । जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएकी सावित्राले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टिम ३–१ ले अघि बढेको थियो । सावित्रा प्लेयर अफ् द म्याज समेत बनिन् । त्यसपछि थप गोल नभएपछि सेथुले उपाधि जित्न सफल भयो । नेपालबाट यस प्रतियोगितामा सावित्रा र अनिता बस्नेतले खेलेका थिए । सावित्राले प्रतियोगिता अवधिभर १५ गोल गरिन् भने अनिताले १ गोल गरिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top