पेस्तोल देखाएर लुटपाट

९ माघ ७४, बुधबार

भक्तपुर, माघ १०
भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् ।

काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले घटनापछि बिहान ४ः३० बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।

Advertisement

दश जनाको नकाबधारीले समूहले राति करिब २ः३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरी मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर हात छिराइ ढोकाको चुकुल खोलेरभित्र पसेको प्रारिम्भक अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।

प्रहरीका अनुसार नकाबधारी समूहलेभित्र पसेर रिभल्वर देखाउँदै घरका १० जनाको परिवारको मोबाइल खोसेर सबैलाई डोरीले बाधेर लुटपाट गरेका हुन् । अनुसन्धानबाट लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद रु एक लाख ६२ हजार लगायत रु १४ लाख भन्दा बढीको धनमाल लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ ।

Advertisement

पीडित लामाका अनुसार नकाबधारी समूहमा आएकाले एक जनाले पेस्तोल देखाएको, एक जनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top