विराटनगर, जेठ १३
नेपाली कांग्रेसका युवा नेता सरोज दुलालले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानुन संशोधन सम्वन्धि विधेयक प्रेस स्वतन्त्रता विरोधी कदम भएकाले तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।
उनले सरकारले उक्त विधेयक मार्फ प्रेसमाथि हस्तक्षेप गरेर अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका हुन् । नेता दुलालले समाजको तेस्रो आँखाको रुपमा रहेका पत्रकारीता जगतलाई सरकारले निमोठन खोजेको बताए । उनले सो विधेयक तत्काल सरकारले फिर्ता नलिए जनतालाई साथमा लिएर आन्दोलनको आँधिवेहरी ल्याउने सरकारलाई चेतावनी समेत दिए ।
उनले संसदमा दर्ता गरिएको सुरक्षा परिषद र मानवअधिकार सम्वन्धी विधेयकले लोकतान्त्रिक विधि र संघीयता तथा संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने भएकाले सरकारले उक्त विधेयक सच्याउनुपर्ने बताए । नेता दुलालले अहिलेको कम्यूनिष्ट नेतृत्वको सरकारले ति विधेयक ल्याएर दुई तिहाईको दम्भ देखाएको आरोप लगाए ।