विराटनगर, माघ १०
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिट अन्तर्गत फुटबलमा कान्तिपुर, कोवास, अरनीको, भलिबलमाग्रिनल्याण्ड, अरनीको तथा क्रिकेटमा शिक्षादीप र एभरेष्ट कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेका छन् ।
हिसान मोरङको आयोजनामा विराटनगरको सहिद रङगशालमा भएको पहिलो खेलमा मोर्डन एरालाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी कान्तिपुर कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।
निर्धारित समयसम्म गोल रहित बरावरी भएपछि खेल टाइब्रेकरतर्फ ढकलिएको थियो । टाइब्रेकरमा कान्तिपुरका सुरज राजवंशी, कुसल सरदार, मन्जित कोइराला, सुमन वि.क. ले गोल गरी टिमको जित सुनिश्चित गरे ।
मोर्डन एराका सागर पोखरेल र मदन लाल विश्वासले गोल गर्न नसक्दा पराजित भयो । मार्डन एराकोतर्फबाट रानीलाल सरदार, अजय भूजेल, राम पौडेलले मात्र गोल गरे । सो प्रतियोगिताको म्यान अफ म्याच कान्पिुरका मन्जित कोइराला घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा भानुलाई १–० गोल अन्तरले पराजित गरी कोबास कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । जितको लागि खेमराज अधिकारीले पहिलो हाफमको ६ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगिताको म्यान अफ द म्याच निर्णायक गोल गर्ने अधिकारी घोषित भए ।
तेस्रो खेलमा नेशनल एकाडेमीलाई ३–० गोलले पराजित गरी अरनीको कलेज दोस्रो चरणमा प्रवेश गरको छ ।
अरनिकोतर्फबाट सुर्य राजवंशी र नविन चौधरीले गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच नविन चौधरी घोषित भए ।
त्यसैगरी भलिबलतर्फको पहिलो खेलमा ग्रिनल्याण्ड कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गर्यो । ग्रिनल्याण्डले शिक्षादीप कलेजलाई २५–१६, २५–१६ को सोझो सेटले पराजित गरी ग्रिनल्याण्डले दोस्रो चरणको यात्रा तय गरेको हो ।
सोही दिन सम्पन्न भएको दोस्रो चरणको भलिबवलमा अरनीको कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । कोशी कलेजलाई २५–१९, २५–१७ र २५–१६ सेटले पराजित गरेको हो ।
त्यसैगरी विराटनगरको बैजनाथपुरमा भएको क्रिकेटतर्फ शिक्षादीप र एभरेष्ट कलेज विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेको छ । पहिलो खेलमा शिक्षादीप कलेजले मेरिल्यान्ड कलेजलाई ३४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मेरिल्यान्डले टस जितेर शिक्षादीपलाई पहिलो ब्याटिङको अवसर दिएको थियो । शिक्षादीपले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४४ रन बनायो । जसमा राज मगरले ४७ र रेवती यादवले ४३ रन बनाए । बलिङमा मेरिल्यान्डका अमित निरौलाले २ विकेट लिए ।
१ सय ४५ रनको विजयी लक्ष्य पाएको मेरिल्यान्डले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रनमा समेटियो । जसमा अमित यादव ३० र निर्मल कामतले १९ रन बनाए । बलिङमा शिक्षादीपका सूर्य रौनियारले ३ विकेट लिए । म्यान अफ द म्याच शिक्षादीपका रेवती यादव भए ।
त्यस्तै दोस्रो खेलमा एभरेष्टले कोबास कलेजलाई ५ विकेटले विजयी हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ थालेको कोबासले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९९ रन बनायो । जसमा विशाल साह ३२ र राजकुमार मण्डलले १७ रन बनाए । बलिङमा एभरेष्टका सायार खरेल, सुदिन लम्साल र सचिन क्षेत्रीले २–२ विकेट लिए ।
१ सय रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको एभरेष्टले १३ ओभर खेल्दै ५ विकेटको क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच सुदिन लम्सालले २८ र हर्ष यादवले १८ रन बनाए । बलिङमा कोबासका इजरायल खानले २ र राजकुमार यादवले १ विकेट लिए ।