आज अष्ट्रेलिया र वेस्ट इन्डिज बिच प्रतिस्पर्धा हुने

जेठ २३, २०७६ विश्वकपको १० औँ खेलमा आज अष्ट्रेलिया र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दै छन्। दिउँसो ३:१५  सुरु हुने खेलमा दुवै टिमको नजर लगातार दोस्रो जित निकाल्नेमा हुनेछ।

वेस्ट इन्डिज र अष्ट्रेलिया २० वर्षपछि आमनेसामने हुँदैछन्। पछिल्लो पटक यि दुईबिच १९९९ मा भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई पाखा लगाएको थियो। अष्ट्रेलिया र इन्डिजबीच अहिलेसम्म इंग्लिस भूमिमा पाँचपटक प्रतिस्पर्धा भएको छ। सुरुवाती चार खेलमा वेस्ट इन्डिजले बाजी मारेको छ, जहाँ अस्ट्रेलियले एक मात्र जित निकालेको छ।

अष्ट्रेलियाले यो पटक प्रतियोगिताको आफ्नो पहिलो खेलमा सात विकेटले हराएको थियो। वेस्ट इन्डिजले पनि पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top