प्रहरी सर्च नियमित हो : प्रहरी प्रमुख ऐर

११ माघ ७४, बिहीबार
Share this
728shares

ललितपुर, माघ ११
महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ ।

Advertisement

परिसरका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताए । उनले भने, “हामीले प्रत्येक महिना नै सर्च एण्ड अपरेसन गर्दछौँ ।” फरार अभियुक्तको खोजी, त्यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न र नागरिकसँग प्रत्यक्ष संवादका लागि नियमित सर्च हुने गरेको उनको भनाइ छ । सिलवालको समेत खोजी भइरहे पनि फेला नपरेको उनले बताए ।

भट्टेडाँडामा भएको ‘सर्च एण्ड अपरेशन’ का नेतृत्व गरेका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले सिलवालको मात्रै खोजी गर्न नभएर नियमित कार्यक्रम भएको प्रष्टाए ।

Advertisement

सिलवाललाई पक्राउ गर्नका लागि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । परिसरका प्रमुख ऐरले भने ललितपुर परिसर मात्रै नभएर ७७ जिल्लामा काठमाडौँ परिसरले पत्राचार गरेको बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top