मन्त्री पण्डितले सभागृहका लागि पठाएको चार करोड फ्रिज हुँदै

Share this
815shares

३१ जेठ, विराटनगर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफनो निर्वाचन क्षेत्रमा रहेको विराटनगरको वीरेन्द्र सभागृहको मर्मतकालागि पठाएको रकम फ्रिज हुने अवस्थामा पुगेको छ ।

Advertisement

सभागृहको मर्मतका लागि पण्डितको पहलमा आएको बजेट विराटनगर महानगरपालिकाले खर्च गर्न त्यति चासो नदिएपछि चार करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको हो । महानगरपालिकाले आवश्यक पर्ने बजेट अपुग भएको बताउँदै खर्च गर्न आलटाल गरेको छ । विराटनगरको ऐतिहासिकता बोकेको एक मात्र सभागृह जिर्ण बनेपछि मन्त्री आफैले चासो लिएर चार करोड रुपैयाँ मर्मतकालागि पठाएका थिए ।

आधिकारिक रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र पठाउँदै मर्मत सम्हारमा बजेट खर्च गर्न निर्देशन दिएको थियो । तर महानगरपालिकाले वीरेन्द्रसभा गृहको पूननिर्माणकालागि २३ करोड हाराहारीको बजेट लाग्ने डिपिआर तयार भएको भन्दै मन्त्रीको बजेट थोरै भएको र अन्तिम समयमा आएको बताउँदै खर्च गर्न नसकिएको जनाएको छ ।

Advertisement

महानगरका मेयर भीम पराजुलीले ढिलो गरि थोरै बजेट आएका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए । उनले सभागृहको पूनर्निमाणका लागि नगरबिकास कोषसँग लगानीकालागि प्रस्ताव पेश गर्ने तयारी भईरहेको पनि जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top