×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ मा ४५ अर्ब हाराहरीको बजेट आउदै ,प्रदेश सांसदलाई ५० लाखदेखि ३ करोड ५० लाखसम्म !

१ असार २०७६

१ असार विराटनगर। ।प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि आइतबार करिव ४५ अर्बको बजेट सार्वजनिक गर्दैछ ।

सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आइतबार दिउँसो ३ बजे बस्ने भनिएको प्रदेशसभा बैठकमा आगामी वर्ष सञ्चालन गर्ने परियोजना र कार्यक्रमसहित बजेट सार्वजनिक गर्ने योजना छ । अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्व २ करोडको बजेट ल्याएको थियो । सरकारले आगामी वर्ष कृषि आधुनिकीकरण, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको करिव ४० प्रतिशत भन्दा बढी रकम पूर्वाधार विकासमा मात्र खर्च गर्ने तयारी गरेको छ । यसैबीच प्रदेश सरकारले प्रदेशसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पनि छुट्टै विकास योजना दिने भएको छ ।

Advertisement
Advertisement

Advertisement

आगामी वर्ष प्रदेश सभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्न सक्ने गरी योजना दिने र प्रत्यक्ष तर्फबाट निर्वाचितहरुलाई ३ करोडको प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रम पनि दिने तयारी गरेको छ । यसबाट प्रदेश सरकारको दायित्व बढ्ने देखिएको छ । अघिल्लो वर्ष ५६ जना प्रदेश सभा सदस्यले २ करोडका दरले यस्तो रकम प्राप्त गरेका थिए । अब आगामी वर्ष प्रत्यक्ष तर्फबाट निर्वाचितले ३ करोड ५० लाख रुपैयाँको योजना प्राप्त गर्ने छन् भने समानुपातिक तर्फका सदस्यले ५० लाखको योजना प्राप्त गर्ने छन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top