×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन गगन थापाको आव्हान

१ असार, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन आव्हान गरेका छन् ।

Advertisement
Advertisement

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति विशेष र दल विशेषका लागि मात्रै नभएकाले आन्दोलनको प्राप्तीलाई गुम्न नदिने जिम्मेवारी वहन गर्न आग्रह गरेका हुन् । चलचित्र समालोचक प्रनेश गौतम, धर्म संस्कृतिको संरक्षणको माग गर्ने गुठीयारहरुलाई गरेको जस्तै व्यवहार सरकारले जो कसैलाई पनि गर्न सक्ने भन्दै उनले सबैलाई सचेत हुनुपर्नेमा जोड दिए । सरकारले आफुलाई मन नपरेकाको मुख थुन्दै गएको भन्दै उनले सरकारमै रहेर विधेयकको विरोध गर्नेहरु पनि सरकारको गलत दृष्टिबाट बच्न नसक्ने दाबी गरे ।

उनले भने, “म त भन्छु, प्रधानमान्त्रीकै पाटी भित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार । किनकि यहाँ अब कोही पनि सुरक्षित छैन । यो कानुन पारित भईसकेपछि यो कानुनको कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौ । यहाँ केबल सरकारका अरिंङगालहरु मात्र सुरक्षित रहन सक्छन् ।”
सूचना प्रविधि विधेयक संसदबाट बहुमतको बलमा पारित गरियो भने सबैका लागि लागु हुने भन्दै उनले ‘यो कानुन मेरा लागि होइन भनी सोच्ने हो’ भने एकदिन जर्मन कवि मार्टिन निमोरले भने जस्तै अवस्था श्रृजना हुने दाबी गरे ।

उनले भने, “पहिले उनीहरु समाजवादीलाई लिन आए । म बोलिनँ । किन कि म समाजवादी थिईन । उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए, म बोलिनँ । किन कि म ट्रेड युनियनकर्मी थिईनँ । उनीहरु जुजलाई लिन आए । म बोलिनँ किन कि म जुज थिईनँ । जब उनीहरु अन्तिममा मलाई लिन आए, मेरा लागि बोल्न बाँकी कोही थिएन । सम्माननिय सभामुख महोदय, यस्तै अवस्था आउदै छ । उठौ ,बोलौ , जागौ, सरकारको यो कानुनका विरुद्ध अहिले हो बोल्ने बेला । यो कानुन यो संसदबाट पारित हुनु भनेको संविधानको खिलाप मात्रै होइन । हाम्रो आन्दोलनको , अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हो । त्यसैले म यो कानुनको विरुद्ध जनमत श्रृजना गर्न पनि म सबैलाई अनुरोध गर्दछु ।”
स्वतन्त्रताको अर्थ स्वच्छन्दता होईन भन्दै अघि बढेको हस्तक्षेपकारी सरकारको प्रवृति नै डरलाग्दो भएको टिप्पणी उनले गरे । उनले भने, “सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान ध्वस्त गर्ने गरि गाली बेइजेति गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गाली बेइजेति र शिष्टचार वा नैतिकताको नाममा जुनबेला मनलाग्यो, जसको जतिबेला जहाँ मन लाग्यो त्यही ठाउमा गएर मुख थुन्न पाउने गरि कानुन सरकारले बनाउन लागेको छ । ”

अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्तिको स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले २०१५ मा सिंगल भर्सेस अफ इण्डियाको मुद्धामा २००२ मा बनेको भारतको सूचना प्रविधि ऐनको दफा ६६ ए लाई असंबैधानिक भन्दै खारेज गरेको उल्लेख गर्दे उनले नेपालमा भारतमा भन्दा कठोर कानुन बनाउन लागिएको दाबी गरे । उनले भने, “नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुत संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयक भन्छ कुनै पनि व्यक्तिलाई जिस्काउने , झुक्काउने, होच्याउने , हत्तोत्साही गर्ने, धम्क्याउने आशयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा ५ बर्ष कैद र १५ लाख सम्मको जरिवाना भोग्नुपर्नेछ । जिस्काउने, झक्काउने, होच्याउनेको परिभाषा के ? ”
एक पछि अर्को गर्दै सरकारले ल्याएका पछिल्ला विधेयकबाट सरकारले आफुलाई सर्वशक्तिमान ठानेको स्पष्ट भएको बताए । उनले सनातनदेखि चलिआएको संस्कृतिको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान सम्पदा मास्ने षडयन्त्रको विरुद्धमा बोल्ने मुख थुन्न लाठी र पानीको फोहोरा फ्याक्ने, गीत गाउने गायक, चलचित्रको समिक्षा गर्ने समिक्षक र संस्कृति बचाउको माग गर्ने विरुद्धको सरकारको हस्तक्षेप डरलाग्दो भएको बताए ।

Advertisement

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोज्ने सरकारका प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको महत्वका बारेमा अन्तराष्ट्रिय जगतमा भाषण गरेको भन्दै उनले व्यंग्य गरे ।

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top