५ असार, विराटनगर । विराट व्यापार संघका नवनिर्वाचित पदाधिकारीलाई मोरङ व्यापार संघले सम्मान तथा बधाई ज्ञापन गरेको छ । व्यापार एक कार्यक्रमका बीच नव निर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा तथा निवर्तमान अध्यक्ष पवनकुमार सारडाले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा मुन्दडाले व्यापारीका समस्या समाधान गरेर अगाडि बढ्न नयाँ कार्य समितिलाई शुभकामना दिएका छन । कार्यक्रममा विराट व्यापार संघका नवनिर्वाचित अध्यक्ष सुजन थापाले एकजुट भएर व्यापारीका समस्या समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्व तथा निवर्तमान अध्यक्षहरुले व्यापारी, उद्योगीहरुले विभिन्न प्रकारका समस्याहरु झेल्दै आएकाले समस्या समाधान गर्न उद्योगी, व्यापारी एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका थिए ।