×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई मन्त्री बाँस्कोटाको दवाव

६ असार २०७६

काठमाडौँ, असार ६

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दवाव दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दवाब दिएका हुन् ।

Advertisement
Advertisement

उनले सरोकार नै नभएको सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्ति पनि जनाए । समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरे । उनले २ महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पु¥याउन नसकेको भन्दै समितिप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

Advertisement
Advertisement

‘सहमतिको नाममा सो विधेयक छलफल गरिएको दुई महिना बित्दा पनि पारित हुन नसक्नु राम्रो कुरा होइन्,’ मन्त्री बास्कोटाले भने ‘गलत चीजहरु छन भने त्यसमा पनि काफी छलफल गरिएको छ, विज्ञहरुसँग समेत छलफल गरिएको सो विधयेक पारित गर्न ढिलाई गरिनु हुन्न ।’ मन्त्री बास्कोटाले सामाजिक संजालका कारण पीडितहरुको संख्या बढ्दै गएपछि त्यसलाई न्यूनिकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top